संस्था दर्ता । नविकरण तथा संस्थाको शाखा खोल्दा पेश गर्नुपर्ने कागजातको बिबरण
2075-09-19
2075-09-19
संस्था दर्ता । नविकरण तथा संस्थाको शाखा खोल्दा आवश्यक पर्ने कागजातहरू
संस्था दर्ता -
- संस्था दर्ता गरि पाउँ भन्ने बारेको निवेदन
- तोकिएको ढाँचामा तयार पारिएको तीन प्रति बिधान (सुरूमा १ कपि, सच्यार्इ सकेपछि ३ प्रति
- गा.पा.। न.पा.को सिफारिस
- पदाधिकारीहरूको सक्कलै ना.प्र.प.र सोको फोटोकपि
- संस्था दर्ता गर्ने सम्वन्धमा समितिको बैठकको निर्णय प्रति
- पदाधिकारीहरूको बिबरण नाम, थर, पद, ठेगाना, फोन नं., फोटो, इमेल ठेगाना, कैफियत ।
- संस्थाको कार्यालय रहने घरधनीसँग गरिएको सम्झौता, घरधनीको नागरिकता प्रमाणपत्र र धनीपूर्जाको फोटोकपि ।
- इण्डेक्स फायल समेत १ प्रति (एक पटकका लागि)
संस्था नविकरण -
- संस्था नविकरण गरि दिने बारेको पत्र (लेटरप्याडमा)
- संस्थाको बहुमतबाट भएको निर्णय संस्था दर्ता गर्न र नविकरण जिम्मेवारी दिएको उल्लेख हुनुपर्ने निर्णयको प्रतिलिपि
- संस्थाको बार्षिक प्रगति बिबरण
- संस्थाको पदाधिकारी वा कर्मचारी भए सो समेतको बायोडाटा सम्पर्क नम्वर समेत
- सक्कलै अडिट रिपोर्ट
- कर कार्यालयको कर तिरेको प्रमाणपत्रको फोटोकपि
- संस्थाका नयाँ समिति चयन भएको भए पदाधिकारीहरूको नागरिकताको फोटोकपि समेत
- संस्थाको कार्यालय रहेको घरधनीको मञ्जुरीनामा साथै जग्गाधनी पूर्जाको प्रतिलिपि सम्भव भए नक्शा समेत ।
- संस्था नविकरण गरि दिने बारे नगरपालिका वा गाउँपालिकाका सिफारिश पत्र
- संस्थाले गरेको कामको बिबरण चैमासिक रूपमा जिल्ला प्रशासन कार्यालयमा बुझाउने ।
- इण्डेक्स फायल समेत १ प्रति (एक पटकका लागि)
संस्थाको शाखा खोल्ने सम्वन्धमा
- संस्था खोल्न दिने सम्वन्धमा कार्य समितिबाट साधारण सभाबाट भएको निर्णय
- संस्था खोल्न अनुमति दिएको पत्र
- शाखाका पदाधिकारीले गरेको निर्णयको प्रतिलिपि
- शाखाका पदाधिकारीको ना.प्र.प.प्रतिलिपि, पदिधकारीहरूको बिबरण
- शाखाको अध्यक्षको अनुमति सम्वन्धको पत्र
- न.पा.।गा.पा.को सिफारिश
- केन्द्रीय संस्था दर्ता प्रमाणपत्रको फोटोकपि नविकरण सहित
- शाखा रहने घरको सम्झौता
- संस्थाको बिधान
