नागरिकता प्रमाण पत्रको प्रतिलिपि लिदा अपनाउनु पर्ने कार्यविधि
नागरिकता प्रमाण-पत्रको प्रतिलिपि लिदा अपनाउनु पर्ने विधि{
|
सि.नं.
|
कार्यहरू
|
आवश्यक कागजात
|
|
१
|
फोटो र बिबरण सहितको अभिलेख फेला परेकाको हकमा
|
- स्थानीय निकायको सिफारिश सहितको हालसालै खिचिएको फोटो टाँस भएको रित पूर्वकको अनुसूचि फारम ।
- कर्मचारीको हकमा सम्वन्धित कार्यालयका अधिकृतस्तरको कर्मचारीबाट फोटो समेत प्रमाणित भएको सिफारिश सहितको निवेदन
|
|
२
|
फोटो बाहेकको बिबरण मात्रको अभिलेख फेला परेकाको हकमा
|
- स्थानीय निकायको सिफारिश सहितको हालसालै खिचेको फोटो टाँस भएको रितपूर्वकको अनुसूचि फारम
|
|
३
|
फोटो र बिबरण सहितको अभिलेख झुत्रो भई फेला नपरेको तर पुरानो सक्कल नागरिकताको प्रमाणपत्र पेश गर्नेको हकमा
|
- स्थानीय निकायको सिफारिशसहितको हालसालै खिचेको फोटो टाँस भएको रितपूर्वकको अनुसूचि फारम
- एकाघर सगोलको बंशजभित्रको व्यक्ति वा पति वा पत्नीको सनाखत गरार्इ पुरानो सक्कल नागरिकताको प्रमाणपत्र खिची सोही बमोजिमको प्रतिलिपि जारी गर्ने ।
|
|
४
|
अभिलेख फेला नपरेको र पुरानो सक्कल नागरिकताको प्रमाणपत्र समेत पेश गर्न नसक्नेहरूका हकमा
|
- स्थानीय निकायको सिफारिशसहितको हालसालै खिचेको फोटो टाँस भएको रितपूर्वकको अनुसूचि फारम
- जग्गाधनी पूर्जाको फोटोकपि
- मतदाता परिचयपत्र
|
|
५
|
बसाईसराईको कारणबाट अन्य जिल्लाबाट जारी भएको नागरिकता प्रमाणपत्रको प्रतिलिपि माग गर्नेको हकमा
|
- स्थानीय निकायको सिफारिशसहितको हालसालै खिचेको फोटो टाँस भएको रितपूर्वकको अनुसूचि फारम
- बसाईसराई दर्ता प्रमाणपत्रको फोटोकपि
- जग्गाधी दर्ता प्रमाण–पूर्जाको फोटोकपि
- सम्वन्धित जिल्लाबाट सो नागरिकता प्रमाणपत्रको अभिलेख
|
|
६
|
अन्य जिल्लाबाट नागरिकता प्रमाणपत्र जारी भई विवाह भई आउने महिलाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि जारी गर्ने सम्वन्धमा
|
- स्थानीय निकायको सिफारिशसहितको हालसालै खिचेको फोटो टाँस भएको रितपूर्वकको अनुसूचि फारम
- विवाह दर्ता प्रमाणपत्रको फोटोकपि
- पतिको ना.प्र.प.को फोटोकपि
- सनाखत गर्ने एकाघरका पति/सासु, ससुरा, जेठाजु, देवरको नागरिकता प्रमाणपत्रको फोटोकपि
- सम्वन्धित जिल्लाबाट सो नागरिकता प्रमाणपत्रको अभिलेख
|