2076-08-18
2076-08-18
२०७६/०८/१८ बुधवार ।
मिति २०७६/०८/१६ गते प्रमुख जिल्ला अधिकारी डा.कृष्णबहादुर घिमिरेको अध्यक्षतामा जिल्ला सुरक्षा समितिका सदस्यहरू, यातायात व्यवस्था कार्यालय, यातायात व्यवसायी संघ, नागरिक समाज, जेष्ठ नागरिक संघ, ट्राफिक प्रहरी, पत्रकार समेतको प्रतिनिधिको उपस्थितिमा धनकुटाबाट सवार गर्दा जेष्ठ नागरिकले पाउने सुविधा उपलव्ध गराउने सम्वन्धमा जेष्ठ नागरिक सम्वन्धी एन, २०६३ (संशोधित सहित, २०७४) र नियमावली, २०६५ तथा सार्वजनिक सवारी साधनमा जेष्ठ नागरिकलाई छुट दिने सम्वन्धी कार्यविधि, २०७० अनुसार जेष्ठ नागरिकको लागि कम्तिमा २ सिट आरक्षण र भाडामा ५० प्रतिशत छुट दिने, साना सवारी साधनहरूमा पिन कम्तिमा एक सिट आरक्षण गरी भाडामा ५० प्रतिशत छुट दिने निर्णय भएको छ । यो निर्णय तथा प्रचलित एन नियम बमोजिम जेष्ठ नागरिकले पाउने सुविधा पाए नपाएको अनुगमन जिल्लास्तरको समितिले गर्ने निर्णय भएको छ ।
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, धनकुटा
Powered By: ProActive Developers