Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, धनकुटा

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, धनकुटा

बुधबार, असार १०, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

२२ औं भूकम्प सुरक्षा दिवस, २०७६

2076-10-02

2076-10-02


०३ माघ, २०७६ शुक्रवार

२२ औ भूकम्प सुरक्षा दिवश, २०७६

            २२ औ भुकम्प सुरक्षा दिवस मिति २०७६/१०/०२ गते, “भुकम्पबाट सुरक्षित पूर्वाधार, दीगो सुख र समृद्धिको आधार” भन्ने मुलनाराका साथ धनकुटाका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष डा. कृष्णबहादुर घिमिरेज्यूको अध्यक्षता विविध कार्यक्रम गरी मनाइयो ।

            उक्त कार्यक्रममा धनकुटा जिल्लाका जिल्ला समन्वय समितिका प्रमुखज्यू, धनकुटाका सात वटै स्थानीय तहका जनप्रतिनिधिज्यूहरु, सुरक्षा निकायका प्रमुख तथा पदाधिकारीज्यूहरु, नेपाल रेडक्रस सोसाइटी धनकुटाका प्रमुख तथा पदाधिकारीज्यू, संचारकर्मीहरु,विभिन्न सामाजिक संघसंस्थाहरुका प्रमुख तथा प्रतिनिधिहरु, धनकुटा जिल्लामा रहेका विभिन्न सरकारी कार्यालयका प्रमुख तथा कर्मचारीहरु लगायत सर्वसाधारण नागरिकहरुको घनिभुत उपस्थितिमा धनकुटाको भिम नारायण चोकबाट प्रभातफेरी सहित धनकुटा बसपार्कमा गई विभिन्न कार्यक्रमहरु भब्यताका साथ सम्पन्न गरियो ।

      धनकुटाका सात वटै स्थानीय तहका विद्यालयहरुबाट छनौट भई आएका विद्यार्थीहरुवाट “भु-कम्पीय जोखिम न्यूनिकरण र सुरक्षात्मक उपाय” विषयक शिर्षकमा बक्तृत्वकला प्रतियोगिता सम्पन्न भयो । उक्त बक्तृत्वकला प्रतियोगितामा श्री मुर्तिमहेश्वर मा.वि.मुर्तिढुंगा, महालक्ष्मी न.पा.धनकुटाकी छात्रा पुजा नेपालले प्रथम स्थान प्राप्त गरि रु.पाँच हजार नगद र प्रमाणपत्र, श्री भारती मा.वि.हात्तिखर्क छथरजोरपाटी गा.पा. धनकुटाकी छात्रा भगवती लिम्बुले दोश्रो स्थान प्राप्त गरि रु.तिन हजार नगद र प्रमाणपत्र र श्री गोकुण्डेश्वर मा.वि. सिरानबजार धनकुटाका छात्र देवराज पौडेलले तेश्रो स्थान प्राप्त गरि रु.दुई हजार नगद र प्रमाणपत्र प्राप्त गरेका थिए । उक्त भुकप्प सुरक्षा दिवश कार्यक्रममा नेपाली सेना बरख गण, सल्लेरी व्यारेक धनकुटा, जिल्ला प्रहरी कार्यालय धनकुटा, शसस्त्र प्रहरी बल नेपाल नं. ६ गुल्म हे.क्वा. छिन्ताङ्ग धनकुटा, नेपाल रेडक्रस सोसाईटी धनकुटाको संयुक्त आयोजनामा भु-कम्पीय जोखिम न्युनिकरण तथा सुरक्षाका उपाय, घाईतेको प्राथमिक उपचार र पिडित परिवारको उद्धार तथा राहत वितरण विषयलाई समेटी प्रर्दशन कार्यक्रम गरिएको र सघन सहरी तथा भवन निर्माण आयोजना धनकुटाका कार्यालय प्रमुख श्री भुपाल मगरले भूकम्पीय जोखिम न्यूनिकरणका उपायहरु र सुरक्षात्मक उपाय विषयक कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । साथै भुकम्पीय क्षतिबाट उद्धारमा प्रयोग गरिने उद्धार सामाग्रीहरुको समेत सशस्त्र प्रहरी बल नेपाल नं. ६ गुल्म हे.क्वा. छिन्ताङ्ग धनकुटाले प्रदर्शन गरेको थियो । कार्यक्रमका प्रमुख अतिथि श्री टंक बहादुर चुवानले भुकम्पीय जोखिम र सोबाट कसरी बच्ने भन्ने उपायका बारेमा आफ्नो बिचार व्यक्त गर्नु भएको थियो । साथै कार्यक्रमका अध्यक्ष डा. कृष्णबहादुर घिमिरेले विपद् जोखिम कुनै सूचना बिना नै हुने र यस किसिमका घट्नालाई न्यूनिकरण गर्न जिल्ला स्थीत विभिन्न निकायहरुको भूमिका र आम नागरिकले अपनाउनु पर्ने सचेतनाका विषयमा प्रकाश पार्दै कार्यक्रमको समापन गर्नु भएको थियो । उक्त कार्यक्रमको सञ्चालन जिल्ला प्रशासन कार्यालय, धनकुटाका प्रशासकीय अधिकृत श्री जयराम श्रेष्ठले गर्नुभएको थियो ।

फाईलको नाम / शिर्षक फाईलको साइज एक्सन
२२ ओ भूकम्प सुरक्षा दिवस, २०७६
२२_भुकम्प_सुरक्षा_दिवस_२०७६_001.jpg
72.67 KB हेर्नुहोस डाउनलोड

पछिल्लो अपडेट गरिएको : 2083-03-08 16:16:29

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, धनकुटा .