2076-09-29
2076-09-29
२०७६ पाैष २९ मंगलवार
२०७६ माघ १ गतेलाई राष्ट्रिय एकता – योगको सान्दर्भिकता” भन्ने नाराका साथ सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रम सहित भव्यताका साथ मनाउने सम्वन्धी मिति २०७६/०९/२८ मा प्रमुख जिल्ला अधिकारी श्री डा.कृष्णबहादुर घिमिरेज्यूको अध्यक्षतामा बसेको बैठकबाट प्रमुख जिल्ला अधिकारी डा.कृष्णबहादुर घिमिरेको अध्यक्षतामा २३ सदस्यीय जिल्ला स्तरीय योग दिवस समिति गठन भई निम्न बमोजिमको निर्णय भएको व्यहोरा अनुरोध छ ।
तपसिल
(१) २०७६ माघ १ गतेदेखि ७ गतेसम्म राष्ट्रिय योग दिवस २०७६ भव्यताका साथ ध.न.पा.५ स्थित सामुदायिक भवनमा मनाउने निर्णय गरियो ।
(२) सप्ताहव्यापी योग दिवस मनाउने कार्यक्रममा सहभागिताका लागि धनकुटा जिल्लाका इच्छुक सवै महानुभावहरुलाई जानकारी गराउने निर्णय गरियो ।
(३) योगाभ्यासलाई निरन्तरता दिन र स्वस्थ्य जीवन विताउनका लागि विद्यालय तथा आवासीय विद्यालयहरुमा समेत यसका महत्व बुझाउने खालका सचेतनामूलक कार्यक्रम गर्ने ।
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, धनकुटा
Powered By: ProActive Developers