Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, धनकुटा

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, धनकुटा

न्यून व्यान्डविथ Invert Color A- A A+

छलफल तथा अन्तर्क्रिया

2076-06-14

2076-06-14


मिति २०७६।०६।१३ गतेका दिन प्रतिनिधि सभाका माननीय सांसद श्री राजेन्द्र राईज्यूकाे प्रमुख आतिथ्य तथा १ नं.प्रदेश सभाका माननीय सांसद श्री निरन राईज्यूकाे बिशेष आतिथ्यमा प्रमुख जिल्ला अधिकारी डा.श्री कृष्णबहादुर घिमिरेज्यूकाे अध्यक्षतामा धनकुटा जिल्लाका समन्वय समिति प्रमुख,  नगर प्रमुख, उद्योग वाणिज्य धनकुटा प्रमुख, वरखगण धनकुटाका गणपती, सडक डिभिजन प्रमुख, बिद्युत प्राधिकरण प्रमुख, प्रहरी नायव उपरीक्षक, सशस्त्र प्रहरी नायव उपरीक, लगायत सम्वन्धित सराेकारवाला पक्ष वीच अविरल बर्षाद्ले पर्न गएकाे समस्याहरू सडक, विद्धुत, टेलिफाेन जस्ता अत्यावश्यक सेवाहरू र सम-सामयिक विषयमा छलफल तथा अन्तर्क्रिया गरी निम्न निर्णय गरियाे ।

निर्णयहरु

१.  हालै भएको अविरल वर्षादबाट हिले-लेगुवा सडक खण्डको बाटो पूर्ण रुपमा क्षति भई दशै तिहार जस्तो महान पर्वमा दैनिक उपभोग्य सामाग्रीहरु ढुवानी गर्न र मानिसहरु आवत जावत गर्न कठिनाई भएको हुँदा उक्त समास्या समाधानार्थ देहायका निर्णयहरु गरियोः–

  • हिले पाखिवास खण्डको १३ कि.मि. सडक खण्ड दशै तिहार अवधिभर कुनै अवरोध नहुने गरी निर्वाध सन्चालन हुने व्यवस्था कन्चनजंघा कन्स्ट्रक्सनले मिलाउने, भाईटिकाको भोलिपल्ट उक्त क्षतिग्रस्त सडक ग्राभेल कार्यको शुरु गर्ने प्रतिवद्धता सोही कन्स्ट्रक्सनका प्रतिनिधि तिम्वा शेर्पाबाट गरियो ।
  • पन्चे लेगुवा सडक खण्ड १३ कि.मि. दशै तिहार अवधिभर निर्वाध रुपमा सुचारु गर्ने गराउने र तिहार पछि बाट उक्त सडक निर्माणका बाँकि कार्य थालनी गरि आगामी २०७६ साल चैत्र मसान्त सम्ममा पुरा गर्ने प्रतिवद्धता विरु कन्स्ट्रक्सनका भेषराज बरालबाट गरियो ।

उक्त निर्माण कम्पनीहरुले गरेको प्रतिवद्धतालाई अनुगमन तथा सुपरिवेक्षण गर्ने कार्य पुष्प लाल (मध्य पहाडी) लोक मार्ग आयोजना कार्यालयले गर्ने ।

२.  हाल अविरल वर्षादबाट धनकुटा नगरपालिकाको सडकको आसपास रहेका रुखहरु ढली मानवीय धनजनको क्षति हुने सम्भावना देखिएको हुँदा उक्त रुखहरु हटाई क्षति न्यूनिकरण गर्न र धनकुटा जिल्ला भित्र सडक छेउ छाउमा रहेका लकडीहरुको व्यवस्थापन डिभिजन वन कार्यालय, धनकुटाले गर्ने ।

३.  धनकुटा जिल्लाको विद्युत आपूर्तिलाई नियमितता दिन, लोडसेडिङ्ग हुन नदिन  धनकुटा विद्युत प्राधिकरण शाखामा तहाँ कार्यालयबाट समाधान गर्न नसकिने   समस्या भएमा माननीय राजेन्द्र कुमार राई ज्यू मार्फत उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयमा पेश गर्ने ।

४.  धनकुटा हिले स्थित सव स्टेशनमा तत्काल क्षमता बृद्धि गर्न धनकुटा वितरण केन्द्रलाई निर्देशन दिने ।

५.  नेपाल टेलिकमका फोनहरु समयमा नउठाउने, ग्राहकका समस्याहरु समाधान गर्न ढिलासुस्ती गर्ने कार्यलाई तत्काल निरुत्साहित गर्न प्र.जि.अ.ले नेपाल टेलिकमलाई निर्देशन दिने ।

६.  सडक व्यवस्थापन सम्बन्धमा सडक आसपासमा घडेरी खार्दा बाटोमा माटो थुपार्ने, निर्माण सामाग्रीहरु राखी सडक अवरुद्ध गर्ने र मूल सडकबाट शाखा सडक खोली सडकमा माटो ढुङ्गा थुपारी बाटो अवरुद्ध गर्ने कार्यलाई निरुत्साहित गर्न स्थानीय तह सँग समन्वय गरी सडकलाई व्यवस्थित गर्न सडक डिभिजन कार्यालयलाई निर्देशन दिने ।

७.  धनकुटा नगरपालिकाका मेयरले स्वच्छ खानेपानी उपलब्ध गराउने प्रतिवद्धता जाहेर ।

पछिल्लो अपडेट गरिएको : 2083-01-17 09:33:04

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, धनकुटा .