Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, धनकुटा

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, धनकुटा

न्यून व्यान्डविथ Invert Color A- A A+

नागरिकता प्रमाण पत्रको प्रतिलिपि लिदा अपनाउनु पर्ने कार्यविधि

2076-01-23

2076-01-23


नागरिकता प्रमाण-पत्रको प्रतिलिपि लिदा अपनाउनु पर्ने विधि{

सि.नं.

कार्यहरू

आवश्यक कागजात

फोटो र बिबरण सहितको अभिलेख फेला परेकाको हकमा

  • स्थानीय निकायको सिफारिश सहितको हालसालै खिचिएको फोटो टाँस भएको रित पूर्वकको अनुसूचि फारम ।
  • कर्मचारीको हकमा सम्वन्धित कार्यालयका अधिकृतस्तरको कर्मचारीबाट फोटो समेत प्रमाणित भएको सिफारिश सहितको निवेदन

फोटो बाहेकको बिबरण मात्रको अभिलेख फेला परेकाको हकमा

  • स्थानीय निकायको सिफारिश सहितको हालसालै खिचेको फोटो टाँस भएको रितपूर्वकको अनुसूचि फारम

फोटो र बिबरण सहितको अभिलेख झुत्रो भई फेला नपरेको तर पुरानो सक्कल नागरिकताको प्रमाणपत्र पेश गर्नेको हकमा

  • स्थानीय निकायको सिफारिशसहितको हालसालै खिचेको फोटो टाँस भएको रितपूर्वकको अनुसूचि फारम
  • एकाघर सगोलको बंशजभित्रको व्यक्ति वा पति वा पत्नीको सनाखत गरार्इ पुरानो सक्कल नागरिकताको प्रमाणपत्र खिची सोही बमोजिमको प्रतिलिपि जारी गर्ने ।

अभिलेख फेला नपरेको र पुरानो सक्कल नागरिकताको प्रमाणपत्र समेत पेश गर्न नसक्नेहरूका हकमा

  • स्थानीय निकायको सिफारिशसहितको हालसालै खिचेको फोटो टाँस भएको रितपूर्वकको अनुसूचि फारम 
  • जग्गाधनी पूर्जाको फोटोकपि
  • मतदाता परिचयपत्र

बसाईसराईको कारणबाट अन्य जिल्लाबाट जारी भएको नागरिकता प्रमाणपत्रको प्रतिलिपि माग गर्नेको हकमा

  • स्थानीय निकायको सिफारिशसहितको हालसालै खिचेको फोटो टाँस भएको रितपूर्वकको अनुसूचि फारम 
  • बसाईसराई दर्ता प्रमाणपत्रको फोटोकपि
  • जग्गाधी दर्ता प्रमाण–पूर्जाको फोटोकपि
  • सम्वन्धित जिल्लाबाट सो नागरिकता प्रमाणपत्रको अभिलेख

अन्य जिल्लाबाट नागरिकता प्रमाणपत्र जारी भई विवाह भई आउने महिलाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि जारी गर्ने सम्वन्धमा

  • स्थानीय निकायको सिफारिशसहितको हालसालै खिचेको फोटो टाँस भएको रितपूर्वकको अनुसूचि फारम
  • विवाह दर्ता प्रमाणपत्रको फोटोकपि
  • पतिको ना.प्र.प.को फोटोकपि
  • सनाखत गर्ने एकाघरका पति/सासु, ससुरा, जेठाजु, देवरको नागरिकता प्रमाणपत्रको फोटोकपि
  • सम्वन्धित जिल्लाबाट सो नागरिकता प्रमाणपत्रको अभिलेख

 

 

पछिल्लो अपडेट गरिएको : 2083-01-17 09:33:04

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, धनकुटा .