Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, धनकुटा

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, धनकुटा

बुधबार, असार १०, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

२०७६।०७।२० गते प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला समन्वय समिति प्रमुखको विशेष उपस्थितिमा पुष्पलाल मध्यपहाडी राजमार्गकाे अनुगमन

2076-07-21

2076-07-21


प्र.जि.अ.बाट विकास निर्माण कार्यमा समन्वय तथा सहजीकरण

पुष्पलाल मध्यपहाडि (लोकमार्ग) राजमार्ग धनकुटा हिले देखि पन्चे सम्मको १३ किलोमिटर सडक(कन्चनजंघा कन्स्ट्रक्सन प्रा.लि. को निर्माण जिम्मेवारी भएको) खण्डको स्थलगत अनुगमन २०७६।०७।२० गते प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला समन्वय समिति प्रमुखको विशेष उपस्थितिमा निम्न अनुसारको स्थलगत अनुगमन टोलीबाट भयो ।

स्थलगत अनुगमन टोली

प्रमुख जिल्ला अधिकारी डा. कृष्णबहादुर घिमिरे 
जि.स.स. प्रमुख टंक बहादुर चुवान 
मेयर बृख बहादुर राई पाख्रिवास नगरपालिका 
प्रहरी उपरीक्षक श्री सुदर्शन प्रसाद कोइराला
स.प्र. ना.उ. सचिन कर्माचार्य 
प्रशासकिय अधिकृत श्री जयराम श्रेष्ठ 
वार्ड अध्यक्ष श्री गोपालराज थापा 
वार्ड अध्यक्ष श्री सोवित निरौला
संचारकर्मी श्री कोकिला भण्डारी 
प्रवन्ध निर्देशक श्री टेन्डी शेर्पा 

कन्चनजंघा कन्स्ट्रक्सन प्रा.लि.ले ठेक्का लिएको हिले–पाख्रिवास पन्चे सडक खण्डको १३ कि.मि.खण्डको अनुगमनको क्रममा देखिएको सडकको अवस्था देहाय बमोजिम रहेको पाइयो ​

बर्षादको पानीले पहिरो खसी ठाउँ ठाउँमा नाली अवरुद्ध भएको ,

  • बाटोमा खाल्डा खुल्डी देखिएको,
  • निर्माण कार्य तोकिएको मिति भन्दा धेरै ढिला हुन गएको पाइयो,
  • उक्त समस्याहरु सम्वोधनका लागि सरोकारीत पक्षहरुको संलग्नतामा देहायका सहमति गरियो ।
  • सडकको सववेश तथा वेश तयार गर्न आवश्यक निर्माण सामाग्रीहरुको उपलब्धता पाख्रिवासका नगरपालिकाका मेयर वृख बहादुर राई ज्यू, सम्बन्धित वार्ड अध्यक्ष र निर्वाचित जनप्रतिनिधिहरु र स्थानीय जनताहरु समेतको समन्वयमा गर्ने गराउने छलफल र सहमति भयो ।
  • उक्त निर्माण कार्यको सम्झौता भएको मिति, प्रारम्भ मिति, सम्पन्न गर्नुपर्ने समय, कूल लागत लगायतका सूचनाहरु भएको बोर्ड निर्माण स्थलमा राखेको नपाइएकोले सर्वसाधारणका जानकारीका लागि उक्त बोर्ड तयार गरी राख्न सम्बन्धित कम्पनीलाई निर्देश गरियो ।
  • कन्चनजंघा कन्स्ट्रक्सनले जिल्ला प्रशासन कार्यालय सँग भएको लिखित प्रतिवद्धता अनुसारको समय सिमा भित्र निर्माण कार्य सम्पन्न गर्ने र उक्त समयमा निर्माण कार्य सम्पन्न नभएमा कानून बमोजिम कारवाही भईजाने व्यहोरा सम्बन्धित कम्पनिलाई जानकारी गराईयो ।

समाचार


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-03-08 16:16:29

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, धनकुटा .