Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, धनकुटा

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, धनकुटा

बुधबार, असार १०, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

मुद्धा शाखा काेठा नं.१०

मुद्दा तथा ठाडो उजुरी शाखा कार्यविवरण

१. जिल्ला प्रशासन कार्यालयको अधिकार क्षेत्रभित्र पर्ने मुद्दाहरूको पक्राउ पुर्जी अनुमती/स्वीकृति, म्याद थप, थुनछेक आदेशका लागि पेश गर्ने ।

२.जिल्ला प्रशासन कार्यालयबाट भएका फैसलाहरू कार्यान्वयन गर्ने ।

३.फैसला बमोजिम  प्रतिवादीहरूबाट जरिवाना असुर उपर गर्ने । त्यसको लगत कसी कानून बमोजिम असुलीको लागि लेखी पठाउने र जरिवाना असुली गरि राजश्‍वमा जम्मा गर्ने ।

४ फैसला बमोजिम प्रतिवादीहरूले राखेको धरौटी रकमबाट जरिवाना रकम कट्टा गरी बाँकी रहन गएको रकम नियमानुसार प्रतिवादीलाई फिर्ता दिने व्यवस्था मिलाउने ।

५ फैसलामा उपचार खर्च दिलाई भराई दिने निर्णय भएमा धरौटी रकमबाट पीडितले निवेदन उपचार खर्च  पाउँ भनी निवेदन दिएमा नियमानुसार उपलब्ध गराउने ।

६ विभिन्न विषयमा सेवा ग्राहीबाट प्राप्त गुनासो, निवेदन र उजुरीको सम्बन्धमा सरोकारवालावीच छलफल गराई समस्या समाधान गर्ने/गराउने ।

७. कार्यालयमा प्राप्त गुनासो, निवेदन र उजुरीको प्रकृति हेरी आवश्यक कार्यार्थ जिल्ला प्रहरी कार्यालय/स्थानीय तहको न्यायिक समितिमा पठाउने ।

८. अख्तियार दुरूपयोगसँग सम्बन्धित भ्रष्टाचार तथा अनियमितता सम्बन्धी अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, राष्ट्रिय सतर्कता केन्द्र मार्फत वा कुनै व्यक्ति वा संस्था वा वेनामी उजुरी  निवेदन उपर आवश्यक अनुसन्धान तथा छानविन गर्ने/गराउने ।

९. अनियमितता र भ्रष्टाचार सम्बन्धी गुनासो, निवेदन र उजुरीको आवश्यक छानविन तथा अनुसन्धान गरी राय सहितको प्रतिवेदन पेश गर्ने ।

१०.प्रतिवेदन सम्बन्धमा निर्णय/आदेश अनुसार सम्बन्धित निकायमा पठाउने वा कारवाही गर्ने ।

११.मुद्दासँग सम्बन्धित अभिलेख सुरक्षित साथ राख्‍ने ।

१२. मुद्दासँग सम्बन्धित अन्य सबै कार्यहरू गर्ने ।

 


पछिल्लो अपडेट गरिएको : 2083-03-08 16:16:29

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, धनकुटा .