Turn on Accessibility Mode
Skip to main content Skip to main navigation Skip to website search Skip to website search
Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Dhankuta

Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Dhankuta

Friday, Jestha 29, 2083

Accessibility Menu

भाषा (Website Language)

हालको भाषा अङ्ग्रेजी हो । You're viewing the website in english language

नेपाली भाषामा परिवर्तन गर्नुहोस्

Font Size

Color Mode/Filter

Protanopia (for red-weakness), Deuteranopia (for green-weakness), Tritanopia (for blue-weakness).

Bandwidth

On low bandwidth mode, images and files will not load making website faster and consumes less data Low Bandwidth

Other Tools

Dedicated accessibility mode focuses on the content than on appearance, menu flatens, sliders unfold

सडककाे कार्य संचालन गर्ने सहमति

2076-08-24

2076-08-24


मिति २०७६-०७-२३

मध्यपहाडी लाेकमार्गकाे कार्य संचालन गर्ने सम्वन्धमा

मिति २०७६/०७/१८ गते धनकुटा जिल्लाका प्रमुख जिल्ला अधिकारी डा. कृष्णबहादुर घिमिरेज्यूको अध्यक्षता तथा  भोजपुर जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी श्री नुरहरि खतिवडा, जिल्ला प्रशासन कार्यालय, धनकुटाका प्रशासकिय अधिकृत श्री जयराम श्रेष्ठ, कञ्चनजंघा कन्ट्रक्सन प्रा.लि. का प्रबन्ध निर्देशक श्री टेन्डी शेर्पा, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय, धनकुटाका अनुसन्धान सहायक रमेश कट्टेल लगायतको उपस्थितिमा बसेको बैठकमा मध्य पहाडी पुष्पलाल लोकमार्गको हिले-लेगुवा सडक खण्ड अन्तर्गत १३ कि.मि. कालोपत्रे गर्ने कार्यमा भएको ढिलासुस्ति सम्बन्धमा कन्चनजंघा कन्स्ट्रक्सन प्रा.लि.का प्रवन्ध निर्देशकले मिति २०७६/०७/१८ गते देखि २०७६/०७/२५ गते सम्ममा साइडमा आवश्यक उपकरणहरु ल्याइसक्ने र मिति २०७६/१२/१५ गते देखि २०७७/०१/१५गते सम्ममा सडक कालोपत्रे गर्ने कार्य सम्पन्न गर्ने भनि सहमति गरेको । उक्त कार्ययोजना अनुरुपको प्रतिवद्धता कार्यान्वयनको अवस्थाका सम्वन्धमा मिति २०७६/०८/२३ गते प्रतिनिधिसभा सदस्य माननीय राजेन्द्र राईज्यूको प्रमुख आतिथ्यता र प्रमुख जिल्ला अधिकारी डा. कृष्णबहादुर घिमिरेज्यूको अध्यक्षता तथा कञ्चनजंघा कन्ट्रक्सन प्रा.लि. का प्रबन्ध निर्देशक श्री टेन्डी शेर्पा लगायतको उपस्थितिमा बसेको बैठकले हाल सम्मको निर्माण कार्यको समिक्षा गर्दा निर्माण कार्य सन्तोषजनक नभएको पाइयो । छलफलको क्रममा कञ्चनजंघा कन्ट्रक्सन प्रा.लि. का प्रबन्ध निर्देशक श्री टेन्डी शेर्पाले मिति २०७७/०१/१५गते सम्ममा उल्लेखित हिले–पन्चे सडक खण्डमा कालोपत्रे गर्ने कार्य सम्पन्न गर्ने पुनः प्रतिवद्धता गर्नुभएको साथै सो कार्य निर्धारित समयमा पूरा गर्न नसकेमा कानून बमोजिम कारवाही भोग्ने छु भनि प्रतिवद्धता जाहेर गरेको । सो निर्माण कार्यको अनुगमन प्रत्येक हप्ता – हप्तामा गर्ने निर्णय समेत गरिएको । 

Last Updated : 2083-02-11 11:51:20

© All Rights Reserved to District Administration Office, Dhankuta .