नयाँ नागरिकता प्रमाण-पत्र काेठा नं.१३ 2075-11-29
नयाँ नागरिकता प्रमाण-पत्र फाँटबाट सम्पादित हुने -
|
सि.नं
|
काम
|
काम सम्पन्न हुने अवधि
|
आवश्यक पर्ने कागजात एवम प्रमाण
|
लाग्ने सरकारी दस्तुर
|
|
|
१
|
बंशज
|
प्रमाण पुगेको दिन
|
- गा.पा../न.पा.बाट सिफारिस भएको अनुसूची फाराम नं. १
- पिताको नागरिकता प्रमाण-पत्रको प्रतिलिपि
- जन्मदर्ता
- शैक्षिक योग्यताको प्रमाणपत्र
- विवाहित महिलाको हकमा विवाह दर्ता प्रमाण-पत्र
- पिताको मृत्यु भए मृत्यु दर्ता प्रमाण-पत्र र वंशज खुल्ने परिवारका अन्य कुनै सदस्यको नागरिकता प्रमाण-पत्र
- परिवारका कुनै पनि सदस्यको नागरिकता नभए बंशजको नाताले नागरिकता प्रमाण-पत्र पाउन सक्ने र वंशज प्रमाणित हुने अन्य आधारभूत प्रमाणहरु ।
- बसाइ सरी आउनेको हकमा बसाइसराइ दर्ता प्रमाण-पत्र र
- स्थायी बसोबास खुल्ने जग्गाधनी दर्ता प्रमाण पुर्जा समेत ।
|
रु. १०।– को टिकट बाहेक अन्य कुनै दस्तुर नलाग्ने ।
|
|
|
२
|
कर्मचारी परिवार
|
प्रमाण पुगेको दिन
|
- गा.पा./न.पा.बाट सिफारिस भएको अनुसूची फाराम नं. १ (दुईप्रति)
- पिताको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- जन्मदर्ता
- शैक्षिक योग्यताको प्रमाणपत्र
- विवाहित महिलाको हकमा विवाह दर्ता प्रमाणपत्र
- सम्बन्धित कर्मचारी कार्यरत कार्यालयको सिफारिस
- कर्मचारी परिचय पत्र
- बाबु/आमाको नागरिकता सम्वन्धी सम्वन्धित जिल्लाको अभिलेख ।
|
रु. १०।– को टिकट बाहेक अन्य कुनै दस्तुर नलाग्ने ।
|
|
|
३.
|
वैवाहिक अंगिकृत
|
प्रमाण पुगको दिन
|
- गा.पा./न.पा.को सिफारिश (अनुसूची फारम नं.७)
- पतिको ना.प्र.प.सक्कल/प्रतिलिपि
- विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि
- सम्वन्धित देशको नागरिकता त्यागेको निवेदनको फोटोकपि र निवेदन पठाएको सक्कलै हुलाक रसिद
|
रू.१०/-को हुलाक टिकट
|